×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना महामारीबीच विशेष स्वास्थ्य सावधानीसहित हुँदैछ जम्मु काश्‍मीरको डीडीसी निर्वाचन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोना महामारीबीच विशेष स्वास्थ्य सावधानीसहित हुँदैछ जम्मु काश्‍मीरको डीडीसी निर्वाचन

Artha Sarokar

१७ मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

श्रीनगर । जम्मू कश्मीरमा जिल्ला विकास परिषद्को पहिलो चरणको लागि मतदान सुरु भइरहेको छ । कोरोना महामारीबीच सुरु भएको निर्वाचनका लागि विशेष सावधानी अपनाइएको छ । काश्मीरमा ४३ निर्वाचन क्षेत्र र जम्मुका १८ निर्वाचन क्षेत्रमा मतदानत भएकफो हो । उक्त निर्वाचनमा २०७ पुरुष र ८९ महिला गरी २९६ उम्मेदवारहरुले प्रतिस्पर्धा गरिरहेका छन् । 
डिसेम्बर १९ सम्म हुने निर्वाचन चार-चार चरणमा हुने भएको छ । निर्वचान मतगणना डिसेम्बर २२ मा हुने भएको छ । मतदान केन्द्रहरुमा कोरोना भाइरसको संक्रमण फैलिनबाट जोगिनका लागि सम्पूर्ण मापदण्डहरु पालना गरिएका छन् ।  मतदाताहरुलाई अनिवार्य मास्क लगाउनुपर्ने र सामाजिक दूरी अनिवार्य कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । मतदान केन्द्रहरूमा आएका मतदाताहरूलाई तापक्रम जाँच पछि मात्र स्यानटाइजेसन गरेर मतदान केन्द्रमा प्रवेश गर्न दिइएको छ । 
मतदान केन्द्रका अधिकारीहरुले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि पीपीई किट लगाएका थिए । राज्य निर्वाचन आयुक्त केके शर्माले भनेका थिए कि स्वास्थ्य विभागले जारी गरेका कोरोना भाइरससम्बन्धी सम्पूर्ण निर्देशनहरु लागु गरिएका छन् । “जम्मू कश्मीरमा २० जिल्ला छन् । प्रत्येक जिल्ला विकास परिषदको गठन भइरहेको छ । हरेक जिल्लामा १४ प्रतिनिधिहरु छनोट हुनेछन् ।
“राज्य निर्वाचन आयोगले कोभिड १९ को दृष्टिकोणमा निर्देशनहरु पालना गरिएका छन् । स्वास्थ्य विभागले यी निर्देशनहरु कार्यान्वयन गर्न जिल्ला निर्वाचन मेशिनरीमा संलग्न छ । मास्क उपलब्धता, स्यानटिजर र थर्मामिटर उपलब्ध गराइएको छ,” उनले थपे । शर्माले मतदान केन्द्रमा अनिवार्य तापक्रम मापन गरिने भएको छ । -पब्लिक न्युज एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी