- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एभरेष्ट बैंकको वार्षिक साधारणसभा पुस २७ गते बस्ने भएको छ । बैंकले सभामा ५% बोनस सेयर र ५.५३% नगद गरी कुल १०.५३% लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ ।
बैंकले सभाका लागि पुस १० देखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।हाल एभरेष्ट बैंकको चुक्ता पुँजी ८ अर्ब ४७ करोड २ लाख ६ हजार ८३६ रुपैयाँ छ ।