- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड ५औँ वर्षमा प्रवेश गरेको छ । संस्थाले ४औँ वर्ष पुरा गरी ५औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । ललितपुरको लगनखेलमा विगतदेखि संचालित तातो भात अभियान अन्तर्गत एक दिनको लागि बृद्धबृद्धाहरुलाई भोजनको खुवाएको थियो ।
२०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको यस वित्तीय संस्थाले हाल १८ वटा जिल्लामा ३६ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका २५,९४७ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरीरहेको छ । साथै हालसम्म रु. ३७ करोड बचत संकलन भएको छ भने लगानीमा रहिरहेको कर्जा रु.१ अर्ब ५४ करोड रहेको छ ।