Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई बैंकद्धारा विराटनगरस्थित नागरिक केयर सेन्टरलाई आर्थिक सहयोग

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
विराटनगर । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक केयर सेन्टरलाई आर्थिक सहयोग गरेको छ । बैकले विराटनगरस्थित नागरिक केयर सेन्टरको भवन निर्माणको लागि २ लाख ५० हजार रुपैंया आर्थिक सहयोग गरेको हो ।
बैंकका प्रदेश नम्बर १ का प्रादेशिक प्रमुख शुभाष सापकोटाले मोरङ व्यापार संघ, विराटनगरमा आयोजित कार्यक्रमकाबीच नागरिक केयर सेन्टरका संयोजक पवन कुमार शारडालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै नागरिक केयर सेन्टरका संयोजक शारडाले बैंकले नागरिक केयर सेन्टरको भवन निर्माणको लागि आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेको देख्दा निकै हर्षित भएको विचार व्यक्त गर्दै बैंकलाई धन्यवाद पनि दिएका छन् ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २ सय ६४ शाखा सञ्जाल, २ सय ३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २ सय ४१ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २१ लाखभन्दा बढि ग्राहकहरुलाइ बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK