
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच सहुलियतपूर्ण कर्जाकालागि सरल र सहज बैंकिङ सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । बिहीबार साँझ बैंक र महासंघबीच सम्झौता भएको हो । सम्झौतपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र महासंघका अध्यक्ष रामबहादुर गुरुङले हस्ताक्षर गर्नु भएको छ । सम्झौता अनुसार बैंकले निर्यात व्यवसायी महासंभमा आवद्ध व्यवसायीहरुलाई अल्पकालिन तथा दिर्घकालिन अवधिका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउने छ ।
त्यसबाहेक महासंघका सदस्यहरुलाई आवश्यक सबै प्रकारका बैंकिङ सेवाहरु सरल र सहज रुपमा उपलब्ध गराउने छ । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रपसाद ढकालले स्वदेशमा उत्पादन भएका वस्तुहरुको निर्यात बढाउन र अर्थतन्त्रलाई थप बलियो बनाउने उद्देश्यले निर्यात व्यवसायीहरुलाई सुविधान प्रदान गर्ने सम्झौता भएको बताउनुभयो ।
बैंकले निर्यात व्यवसायीहरुलाई विदेशी मुद्राको अभाव हुन नदिन डलर खाता तथा डलर क्रेडिट कार्डमा विशेष सेवा दिने पनि अध्यक्ष ढकालले बताउनुभयो । सम्झौता अनुसार बैंकले सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने मात्र नभई निकासी डकुमेन्ट खरिद गर्ने, नगद अनुदान दिने, पुनरकर्जा उपलब्ध गराउने, विदेशी मुद्रा खाता तथा सटही सुविधा लगायतका सेवाहरु उपलब्ध गराउनेछ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्