- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पाँचौ दिन बिहिबार पनि सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले बढेर ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८० हजार १६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७६ रुपैयाँ कायम गरेको छ ।