- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार सुनको मूल्य घटेको छ । मंगलबार ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ७ सयले घटेर प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८० हजार ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।