- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पाँचौ दिन बिहिबार सुनको मूल्य घटेको छ । मंगलबार ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ९ सयले घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७९ हजार ३०५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २९ रुपैयाँ कायम गरेको छ ।