- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ९४ हजार १ रुपैयाँमा कारोबार भइरहेको छापावाला आज १ सयले बढेर प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८० हजार ७६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ११९ रुपैयाँ कायम गरेको छ ।