- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ९ सयले बढेर ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८१ हजार ६२० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ३१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।