- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्य बढेको छ । बिहिबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले बढेर प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७९ हजार ६५० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।