- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आइसीएफसी फाइनान्स कम्पनीले पनि आफ्ना सेयरधनीहरुलाई १५% लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले १०.५% बोनस सेयर र करसहित ४.५% नगद गरी कुल १५% लाभांश दिने निर्णय गरेको हो ।
संस्थाको उक्त लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन् ।गत वर्ष भने यस संस्थाले कुल १३% लाभांश दिएको थियो ।