×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारत-बंगलादेशबीचको सीमा वार्तामा सीमापार अपराध र तस्करीबारे छलफल

PRIME CA
GLOBAL IME BANK

भारत-बंगलादेशबीचको सीमा वार्तामा सीमापार अपराध र तस्करीबारे छलफल

२१ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

नयाँ दिल्ली । भारत-बंगलादेशबीचको सीमा वार्तामा सीमापार अपराध र तस्करीका विषयमा छलफल भएको छ । सीमा सुरक्षा बल (बीएसएफ) सँग सीमा समन्वय सम्मेलनमा भाग लिन आएको बंगलादेश बीजीबीका सात सदस्यीय प्रतिनिधिमण्डलले वार्तामा बुधवार सीमापार अपराध रोक्ने विषयमा छलफल गरेको छ । 
दुबै पक्षबीच सीमापार अपराध र प्रतिबन्धित वस्तुको तस्करीजस्ता विषयलाई रोक्‍ने विषयमा छलफल भएको छ । दुबै पक्षबीच सालबगान हेडक्‍वार्टरमा नोभेम्बर २५-२७ मा वार्ता भएको छ । “बंगलादेश प्रतिनिधिमण्डलाई त्रिपुराको अग्रतालामा स्वागत गरिएको थियो । इन्स्पेक्टर जनरल बीएसएफ र क्षेत्र कमान्डर बीजीबीबीच नोभेम्बर २५-२७, २०२० मा द्विपक्षीय हितका विषय, सीमाना सम्बन्धी मुद्दाहरूलाई सम्बोधन गर्दै सम्बन्ध सुदृढ पार्नको लागि बीबीजी स्तर वार्ता भएको छ,” त्रिपुरा बीएसएफले ट्विट गर्दै भनेको छ ।
बंगलादेशमा भारतीय उच्चायोगले उक्त वार्ताका क्रममा भारत-बंगलादेश सीमामा समन्वय गरिएको सीमा व्यवस्थापन योजनाका विषयमा पनि छलफल भएको बताएका थिए । “बीएसएफ-बीजीबी सीमा समन्वय सम्मेलन २५-२७ नोभेम्बरदेखि अगरतलामा सम्पन्‍न भएको हो । ट्रान्सबर्डर अपराध, प्रतिबन्धित वस्तुको तस्करी, बाँकी रहेको विकास कार्यहरू, भारत-बंगलादेश सीमामा तारबारको निर्माण र समन्वयात्मक सीमा व्यवस्थापन योजनाबारे छलफल भएको छ,” ढाकामा भारतीय उच्चायोगले ट्वीट गरेको छ । -पब्लिक न्युज एजेन्सी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: