×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाकिस्तान सरकारको नेतृत्व गरिरहेका इमरान खानको राजीनामा माग गर्दै देशभर विरोध प्रदर्शन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पाकिस्तान सरकारको नेतृत्व गरिरहेका इमरान खानको राजीनामा माग गर्दै देशभर विरोध प्रदर्शन

Artha Sarokar

१५ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

इस्लामाबाद । पाकिस्तान सरकारको नेतृत्व गरिरहेका इमरान खानको राजीनामा माग गर्दै देशभर विरोध प्रदर्शनहरु भइरहेका छन् । यही अवस्थामा पाकिस्तान लोकतान्त्रिक आन्दोलन (पीडीएम) गठबन्धनले पनि देशभर आन्दोलन चर्काउनुका साथै जनवरी ३१ सम्म राजीनामा दिइसक्न प्रधानमन्त्री खानलाई चेतावनीसमेत दिएको छ ।
एक भू-राजनीति विज्ञले पाकिस्तानको सेनाले धेरै हदसम्म सरकारलाई नियन्त्रणमा राखेको र चाँडै नै पीडीएमले सैन्यविरुद्ध कडा कदम चाल्नसक्ने बताएका छन् । विपक्षी गठबन्धन लगातार प्रधानमन्त्री इमरान खानले राजीनामा नदिए थप कडारुपमा प्रस्तुत चेतावनी दिएका छन् । सेनापतिहरूको समर्थन पाएर खान र उसको पाकिस्तान तहरीक-ए-इन्साफ पार्टी (पीटीआई) झुकाव असम्भव देखिन्छ, तर यसको विरोधको अर्को ठूलो लक्ष्य पनि छ,’ विभागका सहयोगी प्राध्यापक अकिल शाहले लेखेका छन् । 
ओक्लाहोमा विश्वविद्यालयमा अन्तर्राष्ट्रिय अध्ययन गरिरहेका शाहले थपे, ‘धेरै पाकिस्तानीहरूले सेनालाई खानको पछाडि वास्तविक शक्ति र देशको राजनैतिक र आर्थिक समस्याको कारणको रूपमा लिएका छन् । उनीहरूको क्रोधले एउटा उल्लेखनीय बदलाको अपेक्षा गरेको छ । जब प्रमुख राजनीतिक व्यक्तित्वले पहिलो पटक पाकिस्तानको सैन्य प्रभुत्वविरूद्ध बोलेका थिए । यो एउटा परिवर्तन हो ।’ अन्ततः राजनीतिक शक्ति मा सेनाको नियन्त्रण खतरापूर्ण हुनसक्ने उनले बताएका छन् । पीडीएमले सरकारलाई चुनौती दिदै देशभर र्‍यालीहरु आयोजना गरिरहेको छ । 
मिडियामा सेनाको नियन्त्रणको बयान गर्दै उनले लेखेका छन्, ‘मिडियामा सेनाको चोकोल्डले विभिन्‍न घोटालाको प्रभावलाई रोकिराखेको छ । सैन्य खुफिया एजेन्सीका अधिकारीहरू र सेनाको मिडिया, अन्तर–सेवा जनसम्पर्क नियमित रूपमा कुन समाचार प्रकाशन गर्ने भन्‍ने निर्णय गर्छन् । यसले पत्रकारमाथि दमनका घटनाहरु पनि बढ्दै गइरहेका छन् ।’ सेनाले देशको मुख्य भ्रष्टाचार एजेन्सी, नेशनल अकाउंटबिलिटी ब्यूरोलाई राजनीतिक बदमासीको उपकरणमा परिणत गरेकोसमेत उनले बताएका छन् । उनले भने कि आउँदै गरेको महिनामा विपक्षीको अभियान तीव्र हुने सम्भावना छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी