Skip to content
LAXMI SUNRISE BANK

साहित्यकार आरोसा अशरफको ‘दी फिफ्थ चेम्बर अफ हार्ट’ नामक कविता संग्रह विमोचन

अर्थ सरोकार

जम्मु काश्‍मीर । जम्मु काश्‍मीरका युवा साहित्यकार आरोसा अशरफको पुस्तक श्रीनगरमा विमोचन गरिएको छ । युवा साहित्यकार अशरफले लेखेको ‘दी फिफ्थ चेम्बर अफ हार्ट’ नामक कविता संग्रह विमोचन गरिएको हो । दिल्ली पब्लिक स्कूल (डीपीएस), जम्मू कश्मीरको केन्द्र शासित प्रदेश श्रीनगरमा यो पुस्तक जारी गरिएको छ ।
फ्रेशकोड पुस्तकद्वारा प्रकाशित पुस्तकले मानसिक रोग, भावनाहरू, उदासिनता, उदासी, विश्वासघात र हार्ट ब्रेकसहित विभिन्‍न थिमका विभिन्‍न विषयहरूलाई समेट्छ । १८ वर्षीय किशोर कवि पुस्तकले उनको यात्रा र निराशाको बयान पुस्तकमा गरेका छन् । आफ्नो यात्राका बारेमा अरुसाले भनेका छन्, ‘विचार मेरो दिमागमा आयो र जब मैले ती विचारहरुलाई ठूलो स्वरले भन्‍न थालें र यो अन्ततः कविताको रूपमा बाहिर आयो ।’
कार्यक्रममा कवि डा. गजानफर अली, इनायत गुल र रेडियो जकी आरजे रफियालगायत लेखकका परिवार, विद्यार्थी र विभिन्न क्षेत्रका व्यक्तिहरूलगायतका व्यक्तित्वहरुको सहभागिता रहेको छ । उक्त अवसरमा आरजे रफियाले लेखकलाई बधाइ दिए । र भने, ‘म धेरै खुसी छु कि उनको जस्तो कलिलो उमेरमा आफ्ना विगतहरूलाई धिक्कार्ने साहस मात्र नभई आफ्ना संघर्षहरू र कवितामा बुन्‍ने कला पनि छ । यसले उनको कविताप्रतिको प्रेम झल्काउँछ, जसले उनलाई थप उचाइहरू मात्र पुर्‍याउन सक्छ ।’
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK