
जम्मु काश्मीर । जम्मु काश्मीरका युवा साहित्यकार आरोसा अशरफको पुस्तक श्रीनगरमा विमोचन गरिएको छ । युवा साहित्यकार अशरफले लेखेको ‘दी फिफ्थ चेम्बर अफ हार्ट’ नामक कविता संग्रह विमोचन गरिएको हो । दिल्ली पब्लिक स्कूल (डीपीएस), जम्मू कश्मीरको केन्द्र शासित प्रदेश श्रीनगरमा यो पुस्तक जारी गरिएको छ ।
फ्रेशकोड पुस्तकद्वारा प्रकाशित पुस्तकले मानसिक रोग, भावनाहरू, उदासिनता, उदासी, विश्वासघात र हार्ट ब्रेकसहित विभिन्न थिमका विभिन्न विषयहरूलाई समेट्छ । १८ वर्षीय किशोर कवि पुस्तकले उनको यात्रा र निराशाको बयान पुस्तकमा गरेका छन् । आफ्नो यात्राका बारेमा अरुसाले भनेका छन्, ‘विचार मेरो दिमागमा आयो र जब मैले ती विचारहरुलाई ठूलो स्वरले भन्न थालें र यो अन्ततः कविताको रूपमा बाहिर आयो ।’
कार्यक्रममा कवि डा. गजानफर अली, इनायत गुल र रेडियो जकी आरजे रफियालगायत लेखकका परिवार, विद्यार्थी र विभिन्न क्षेत्रका व्यक्तिहरूलगायतका व्यक्तित्वहरुको सहभागिता रहेको छ । उक्त अवसरमा आरजे रफियाले लेखकलाई बधाइ दिए । र भने, ‘म धेरै खुसी छु कि उनको जस्तो कलिलो उमेरमा आफ्ना विगतहरूलाई धिक्कार्ने साहस मात्र नभई आफ्ना संघर्षहरू र कवितामा बुन्ने कला पनि छ । यसले उनको कविताप्रतिको प्रेम झल्काउँछ, जसले उनलाई थप उचाइहरू मात्र पुर्याउन सक्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्