×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको ५६औं शाखारहित बैंकिङ्ग सेवा झापाको गौडामा, १ सय ६१ स्थानमा एटिएम

PRIME CA
GLOBAL IME BANK

सनराइज बैंकको ५६औं शाखारहित बैंकिङ्ग सेवा झापाको गौडामा, १ सय ६१ स्थानमा एटिएम

९ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सनराइज बैंकले झापा जिल्लाको बुद्धशान्ति गाँउपालिका-६, शान्तिनगर, गौंडामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५६ पुगेको छ । नयाँ शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा सुनिल बस्नेतलाई नियुक्त गरेको छ ।
पुस ७ गते मंगलबार आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बुद्धशान्ति गाँउपालिका वडा नं. ६ का वडा सदस्य लेखनाथ निरौलाको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा सनराइज बैंक, प्रदेश १ का प्रमुख विवेक निरौला, बुधबारे शाखाका शाखा प्रबन्धक तेज बहादुर थापा मगर र अन्य बैंकका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच पुर्याउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ५६ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटीएममार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: