×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जम्मु काश्‍मीरका स्थानीयहरुलाई व्यवसायिक कृषिमा प्रेरित गर्न भारत सरकारको पहल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जम्मु काश्‍मीरका स्थानीयहरुलाई व्यवसायिक कृषिमा प्रेरित गर्न भारत सरकारको पहल

Artha Sarokar

१३ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जम्मु काश्‍मीर । पछिल्लो समय केन्द्र शासित प्रदेशमा आएपछि जम्मु काश्‍मीरमा विकास निर्माण, स्वतन्त्रता, आर्थिक प्रगतिजस्ता कुराहरुमा व्यापक सुधार भएको छ । स्थानीयहरुलाई व्यवसायिक कृषिमा प्रेरित गर्न सरकारले विभिन्‍न स्किमहरु ल्याइरहेको छ । काश्‍मीरी उत्पादनहरुलाई बजारीकरणका लागि पनि विभिन्‍न योजनाहरु अघि सारेका छन् । काश्‍मीरी उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रगतिशील फल उत्पादकहरूको साथसाथै शीर्ष सरकारी अधिकारीहरूको प्रतिनिधिमण्डल दुबईमा भएको खाद्य सुरक्षा शीखर सम्मेलनमा सहभागी भएका छन् । 
उक्त सम्मेलनमा सहभागी कृषि उत्पादन विभागका मुख्य सचिव नविन चौधरी, काश्‍मीर बागवानीका निर्देशक एजाज अहम भटलगायतका कृषि क्षेत्रमा कार्यरतहरु सहभागी भएका थिए । अधिकारीका अनुसार जम्मू–कश्मीर प्रतिनिधिमण्डलले लक्षित गर्ने सम्भावित खरिदकर्ताहरूले लुलु सुपरमार्केट, चोइट्राम सुपरमार्केट, क्यारफोर सुपरमार्केट, ताज होटेल दुबई, अल आदिल सुपरमार्केट, वेटरोज सुपरमार्केट र एमिरेट्स एयरलाइन्ट क्याटरिङ सेवाहरु समावेश गरिएका छन् ।
निर्देशक बागवानी काश्मिर, ऐजाज अहमद भटले भने, ‘यो कश्मीरको फल उद्योगलाई विश्वभर फैलाउने प्रयास अनुसार देशभित्र बागवानी विकासमा राम्रो प्रगति भइरहेको बताइएको छ । तर अब हामी हाम्रो प्रतिस्पर्धी मूल्यहरुसँग अन्ततः हाम्रो उत्पादकहरु र व्यापारीहरुलाई अन्तर्राष्ट्रिय बजारमा हाम्रो फल उपलब्ध गराउन चाहन्छौं । ’ हामीले नमूना प्रक्रियाको लागि स्याउका प्रजाति, अखरोट, बदाम, केसर, क्यान्ड चेरी, काश्मिरी वजवान, जम्मूमा आधारित फल, मसला, अचार, जाम, स्याउ केन्द्रित, महको नमूना लिएका छौं,’ उनले थपे । काश्‍मीरी उत्पादनहरुलाई मध्यपूर्वी मुलुकहरुको बजारमा उपलब्ध गराउने उद्देश्‍यले विभिन्‍न प्रयासहरु भइरहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी