
- अर्थ सरोकार सम्बाददाता
स्याङ्जा । अब स्याङ्जा अवस्थित वालिंङ नगरपालिकाका बासिन्दाले राजस्व आफ्नो फोनबाटै ‘खल्ती डिजिटल वालेट’ एप डाउनलोड गरी बुझाउन सक्ने भएका छन्। खल्ती डिजिटल वालेटले वालिंङ नगरपालिकासँग सो सम्बन्धि सम्झौता गरेको छ ।
नगरपालिकाका बासिन्दाले सम्पत्तिलगायतका विभिन्न प्रकारका राजस्व तथा सेवा लिए वापत सेवा शुल्क भुक्तानी गर्नुपर्छ । सो शुल्क ‘खल्ती’ का ग्राहकले Khalti.com वेबपेज वा मोबाइल एपमा रहेको सरकारी सेवा ( Government Services ) मेनुमा गइ वालिंङ नगरपालिका ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन् । सेवाग्राहीको भिड भइरहने नगरपालिकामा मोबाइलमा रहेको खल्ती एपबाटै शुल्क भुक्तानी गर्न सकिने भएपछि वालिंङ नगरपालिकाका बासिन्दालाई निकै सहज हुने नगरपालिकाको अपेक्षा छ ।
“डिजिटल नेपाल, समृद्धिको महाअभियान” नारा भएको खल्ती डिजिटल वालेटका संस्थापक तथा डाइरेक्टर अमित अग्रवालले यस सम्झौताले डिजिटल नेपालको सपना पुरा गर्ने तर्फ खल्ती एक पाइला अझ नजिक पुगेको विश्वास गरे । खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो ।
‘खल्ती’ वालेटको प्रयोग गरी ६०ं बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १४ लाखभन्दा बढि छन् ।
कसरी डाउनलोड गर्ने ‘खल्ती’ एप ?
‘खल्ती’ एप यो लिंकबाट डाउनलोड गरि उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ । मोबाइलमा डाउनलोड गर्न गुगल प्ले स्टोर वा एप्पल स्टोरमा यो एप उपलब्ध छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्