×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीमा किसान केन्द्रित अन्तरक्रिया: भन्छन्, ‘किसान र सरकारबीचका बिचौलियाले बर्बाद बनाए…’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

धनगढीमा किसान केन्द्रित अन्तरक्रिया: भन्छन्, ‘किसान र सरकारबीचका बिचौलियाले बर्बाद बनाए…’

Artha Sarokar

८ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । बुधबार धनगढीमा किसानका समस्या केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय कृषक समूह महासंघ सुदूरपश्चिम प्रदेश कार्यसमितीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा कृषि मन्त्रालय सुदूरपश्चिम प्रदेश, कृषि ज्ञान केन्द्र कञ्चनपुर, गयर सरकारी संस्था महासंघ, राष्ट्रिय हलिया मुक्ति समाज, कञ्चनपुर र नौ वटै जिल्लाका कृषक महासंघका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । 
पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा सम्भावनाका बाबजुत पनि किसान मर्कामा पर्दै गएको विषयक छलफल कार्यक्रममा प्रदेश सरकारप्रति किसानका अपेक्षा प्रस्तुत गरिएको थियो । प्रदेश सरकारको नीति तथा कार्यक्रमप्रति किसानको पहुँच न्युन भएको भन्दै प्रतिनिधिहरुले गुनासो पोखेका थिए । 

सरकारको नीतिले कृषक ओझेलमा परेः 
प्रशस्तै सम्भावना हुँदा हुँदै पनि पछिल्लो समय किसानहरु मर्कामा पर्दै गएको राष्ट्रिय कृषक समूह महासंघका केन्द्रिय अध्यक्ष नवराज बस्नेतले बताए । उनले भने, ‘ठूलो उर्जाका साथ युवा जनशक्ति कृषि पेशामा लाग्छन् तर उत्पादनले बजार नपाउँदा घाटा बेहोरेपछी पुनः विदेशिन बाध्य हुन्छन् ।’ त्यस्तै अध्यक्ष बस्नेतले किसानलाई उत्प्रेरित गर्ने मात्र नभएर उत्पादन भएका अन्नबालीको बजारीकरणको जिम्मा राज्यले लिनुपर्ने बताए । 
किसान र सरकारबीचका बिचौलियाले बर्बाद बनाएः
किसान र सरकारबीचको सम्बन्ध सुमधुर बनाउने र कृषकहरुलाई जागरुक गराउने उद्धेश्यले कार्यक्रमको प्रमुख एजेण्डा रहेको राष्ट्रिय कृषक समूह सुदूरपश्चिम प्रदेश कार्यसमितीका सचिव पुर्णसिंह साउँदले बताए । किसानका समस्या प्रचुर छन् तर बिचौलियका कारणले समस्या समाधानमा ढिलाई हुनेगर्छ, साउँदले भने, सरकारले आफ्नो कार्यक्रमको ढाँचा परिवर्तन गर्न आवश्यक छ । 

अर्थमा जोड भयो तर जनशक्तिको अभाव रह्योः
कार्यक्रममा सहभागी भएका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशका सचिव किसनलाल भट्टले कार्यक्रममा किसानका समस्या र सरकारको योजना विषयमा छलफल भएको बताए । सरकारले किसानका सन्दर्भमा प्रदेश सरकारले ठूलो लगानी गरेको तर जनशक्तिको अभाव हुँदा कार्यान्वयनमा समस्या देखिएको बताए । उनले भने, ‘सरकारबाट ल्याईने कार्यक्रम, प्रविधिको पहुँच र जनशक्तिको व्यवस्थापन गर्नतर्फ ध्यान केन्द्रित हुनुपर्छ ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी