
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आज ७ संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई लघुवित्त, स्पर्स लघुवित्त, छिमेक लघुवित्त, वोमी लघुवित्त र नेपाल एसबीआई बैंकको सेयर मूल्य समायोजन भएको हो ।
कृषि विकास बैंकको १५% बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजनपछिको भाउ ४२४ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर बुधबार यसको सेयर कारोबार खुलेको छ । यस्तै नेप्सेले ग्लोबल आइएमई बैंकको १४% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ ३०७ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर बुधबार यसको सेयर कारोबार खुलेको छ ।
यता ग्लोबल आइएमई लघुवित्तको २७.४७% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि प्रतिकित्ता यसको भाउ १३ सय ५९ रुपैयाँ तोकिएको छ । बुधबार यही मूल्यलाई आधार मानेर सेयर कारोबार खुला भएको छ भने स्पर्स लघुवित्तको १९.५०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि प्रतिकित्ता यसको भाउ ८१३ रुपैयाँ तोकिएको छ । बुधबार यही मूल्यलाई आधार मानेर सेयर कारोबार खुला भएको छ ।
यस्तै छिमेक लघुवित्तको २२% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि प्रतिकित्ता यसको भाउ ११ सय ३५ रुपैयाँ तोकिएको छ । बुधबार यही मूल्यलाई आधार मानेर सेयर कारोबार खुला खुलेको छ । वोमी लघुवित्तको ३०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि प्रतिकित्ता यसको भाउ ७०३ रुपैयाँ तोकिएको छ । बुधबार यही मूल्यलाई आधार मानेर सेयर कारोबार खुला भएको छ । यता एसबीआई बैंकको नेप्सेले ६% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ ३८५ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर बुधबार यसको सेयर कारोबार खुलेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्