×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक लिमिटेडको २०औंं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंक लिमिटेडको २०औंं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित !

Artha Sarokar

२९ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ।  कुमारी बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा रजिष्टर्ड कार्यालय, टंगालमा बैंकको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । उक्त सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ । 
कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै, बैंकले अन्लाइन प्लाट्फोर्म जूम मार्फत शेयरधनीहरुको धारणा समावेश गरेको थियो ।  सभाले शेयरधनीहरुलाई आ.व.२०७६/०७७ को लागि १०.८५% बोनस सेयर तथा ३.१५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी १३ अर्ब ८७ करोड हुनेछ ।
आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्म बैंकले कुल निक्षेप रु.१२४ अर्ब २२ करोड परिचालन तथा कुल कर्जा रकम रु. ११५ अर्ब १३ करोड प्रवाह गरी संचालन मुनाफा रु.२ अर्ब १४ करोड तथा रु.१ अर्ब १५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 
आर्थिक वर्ष २०७७/०७८ असोज मसान्तसम्म बैंकको कुल निक्षेप रु. १२२ अर्ब २९ करोड तथा कुल कर्जा रकम रु. ११५ अर्ब १९ करोड गरि रु. ८६ करोडको संचालन मुनाफा र रु.६० करोड २५ लाखको खुद मुनाफा आर्जन गर्न सफल भएकोे जानकारी गराउ‘दछौं । हाल बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि १८६ शाखा संजाल, १५० एटिएम्, १३ एक्स्टेन्सन काउन्टरका साथै २२ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी