×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक र चित्रावन नेचर क्युअर हस्पिटलबीच सम्झौता, कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंक र चित्रावन नेचर क्युअर हस्पिटलबीच सम्झौता, कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाइने

Artha Sarokar

२२ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ । कुमारी बैंक र चित्रावन नेचर क्युअर हस्पिटलबीच सम्झौता भएको छ । बैकले आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले प्राकृतिक चिकित्सा एवं वैकल्पिक औषधोपचारका लागि प्रख्यात भरतपुर, चितवनस्थित चित्रावन नेचर क्युअर हस्पिटल प्राईभेट लिमिटेड बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता गरेको हो ।
सम्झौतामा बैकका नारायणगढका शाखा प्रबन्धक सुजन ढुंगाना र चित्रावन नेचर क्युअर अस्पतालका निर्देशक डा.विशाल सापकोटाले हस्ताक्षर गरेका हुन । उक्त सम्झौता–पत्रअनुसार चित्रावन नेचर क्युअर हस्पिटलमाबेड चार्जेज, जेनेरल प्याथोलोजी, बाहय रोग उपचार लगायत विभिन्न स्वास्थोपचार सेवाशुल्कमा ग्राहकहरुले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिसतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले आफ्ना देशव्यापी १८६ शाखा सञ्जाल, १३८ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी