×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकसहित १२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कसको साधारणसभा कहिले ? (विवरणसहित)

PRIME CA

लक्ष्मी बैंकसहित १२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कसको साधारणसभा कहिले ? (विवरणसहित)

१६ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज बिहिबार १२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । लक्ष्मी बैंक, हिमालयन डिस्टिलरी, सूर्या लाइफ इन्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, विजय लघुवित्त, गुडविल फाइनान्स, मेरो माइक्रोफाइनान्स, लक्ष्मी बैंक, लक्ष्मी लघुवित्त वित्तीय संस्था, बुटवल पावर, आइसीएफसी फाइनान्स र छ्याङदी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका हो । 
हिमालयन डिस्टिलरी
यस कम्पनीले पुस २९ गते बस्ने वार्षिक साधारणसभामा गत वर्षको नाफाबाट ५०% बोनस सेयर र कर प्रयोजनसहित ५०% नै नगद गरी कुल १००% लाभांश दिने प्रस्ताव पेश गर्दैछ । जसका लागि शुक्रबार बुक क्लोज हुनेभएकाले बिहीबारसम्म कायम लगानीकर्ताले मात्र लाभांश पाउन सक्नेछन् । 

सूर्या लाइफ इन्योरेन्स
सूर्या लाइफले माघ ५ गते वार्षिक साधारण सभा गर्न पुस १७ गते शुक्रबार बुक क्लोज गर्दैछ । जसअनुसार आज बिहीबारसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्नेछन् । 

प्राइम लाइफ इन्स्योरेन्स 
पुस २७ गते साधारणसभा बोलाएको यस कम्पनीले पुस १७ गते शुक्रबार बुक क्लोज गर्दैछ । जसअनुसार आज बिहीबारसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् । कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ७% बोनस सेयर र ८% नगद वितरण गर्दैछ ।
विजय लघुवित्त
संस्थाले पुस २९ गते वार्षिक साधारणसभा गर्न पुस १७ गते शुक्रबार बुक क्लोज गर्दैछ । यसर्थ, आज बिहीबारसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्नेछन् । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १९% बोनस सेयर र करसहित १% नगद वितरण गर्दैछ ।
गुडविल फाइनान्स
गुडविल फाइनान्सको १२% लाभांश सुरक्षित गर्न आजसम्म सेयरधनी बन्नुपर्नेछ । पुस २९ गते साधारणसभा बोलाएको यस कम्पनीले पुस १७ गते बुक क्लोज गर्दैछ ।  जसअनुसार बिहीबारसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् । 
पोखरा फाइनान्स
पोखरा फाइनान्सको ५.२६% लाभांश सुरक्षित गर्ने पनि आज अन्तिम दिन हो । कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा गर्न पुस १७ गते शुक्रबार बुक क्लोज गर्दैछ । जसअनुअर आजसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्नेछन् । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ५% बोनस सेयर र करको लागि ०.२६% नगद वितरण गर्दैछ ।
मेरो माइक्रोफाइनान्स
मेरो माइक्रोफाइनान्सको १७.८३% लाभांश पाउन पनि आज बिहीबार (पुस १६ गते) सम्म सेयरधनी बन्नुपर्नेछ । पुस २८ गते साधारण सभा बोलाएको यस कम्पनीले पुस १७ गते शुक्रबार बुक क्लोज गर्दैछ । यसर्थ, आज बिहीबारसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् । 
लक्ष्मी बैंक
लक्ष्मी बैंकको ११.५% लाभांश सुरक्षित गर्ने आज  अन्तिम दिन हो । पुस २८ गते साधारणसभा बोलाएको यस बैंकले पुस १७ गते बुक क्लोज गर्दैछ । जसअनुसार बिहीबारसम्म कायम सेयरधनीले मात्र बैंकले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् । 
लक्ष्मी लघुवित्त वित्तीय संस्था
लक्ष्मी लघुवित्त वित्तीय संस्थाको २३.१६% लाभांश सुरक्षित गर्ने पनि बिहीबार (पुस १६ गते) नै अन्तिम दिन हो । पुस २९ गते साधारण सभा बोलाएको यस लघुवित्तले पुस १७ गते बुक क्लोज गर्दैछ । यसर्थ, आज बिहीबारसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश सुरक्षित गर्नेछन् ।
बुटवल पावर
बुटवल पावर कम्पनीको २५% लाभंश पाउन सेयरधनी बन्ने बिहीबार अन्तिम दिन हो । कम्पनीले पुस २८ गते बस्ने वार्षिक साधारण सभामा गत वर्षको नाफाबाट १०% बोनस सेयर र १५% नगद गरी कुल २५% लाभांश दिने प्रस्ताव पेश गर्दैछ । यसका लागि शुक्रबा बुक क्लोज हुने भएकाले बिहीबारसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।
छ्याङदी हाइड्रोपावर
छ्याङदी हाइड्रोपावरले पुस २७ गते बस्ने वार्षिक साधारणसभामा ५% बोनस सेयर र कर तिर्न ०.२६% नगद लाभांश वितरण गर्दैछ । सभा गर्न शुक्रबार बुक क्लोज हुने भएकाले बिहीबारसम्म कायम सेयरधनी मात्र लाभांश पाउनेछन् ।
आइसीएफसी फाइनान्स
यस कम्पनीको १५% सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन हो । पुस २९ गते साधारणसभा बोलाएको यस कम्पनीले पुस १९ गते शुक्रबार बुक क्लोज गर्दैछ । जसअनुसार बिहीबारसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्नेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: