- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लुम्बिनी विकास बैंकले पनि लगानीकर्ताहरुलाई १०% लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ७% बोनस र कर प्रयोजनसहित ३% नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि उक्त लाभांश सेयरधनीले पाउनेछन् ।