×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकद्वारा ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात, माेबाइलबाटै तलब, सरकारी राजस्व जस्ता व्यवसायिक भुक्तानी गर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

माछापुच्छ्रे बैंकद्वारा ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात, माेबाइलबाटै तलब, सरकारी राजस्व जस्ता व्यवसायिक भुक्तानी गर्न सकिने

Artha Sarokar

२१ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ”corporatePAY” प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात बैंकका व्यावसायिक ग्राहकहरुले (बिभिन्न संघ संस्था, सरकारी कार्यालयहरु) बैंकको मोवाइल बैंकिङ्ग एप तथा इन्टरनेट बैंकिंङ्ग एप मार्फत बैंकमा नगई जहाँकहिँबाट आफैले फण्ड ट्रान्सफर, तलब भुक्तानी, विभिन्न सेवाहरुको भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् । 
उक्त प्रणालीमार्फत connectIPS अथवा f NCHL-IPS मा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछन् । साथै यस प्रणालीबाट कारोबार गर्दा बैंक तथा ”corporatePAY” दुबै तर्फबाट सुरक्षाका अधिकतम उपायहरु अपनाईएको हुदाँ बैंकको डिजिटल माध्यम मार्फत हुने कारोबार सुरक्षित र भरपर्दो रहनेछन् । 
बैंकले सदैव आफ्ना ग्राहकहरुका निम्ति विभिन्न डिजिटल भुक्तानी माध्यमहरु प्रदान गर्दै आएको छ र यस corporatePAY प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकहरुलाई पनि डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ । यस प्रणालीको प्रयोग र विस्तार पश्चात बैंक शाखा नपुगी विभिन्न भुक्तानी अन्लाईन नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरुलाई अझ बढि सहज हुने बैंकले विश्वास लिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी