
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले भक्तपुर जिल्लाको सुर्यविनायक न.पा.–०३, बालकोट, सिराहा जिल्लाको नरहा गा.पा.–०३, नरहा, महोत्तरी जिल्लाको एकडारा गा.पा.–०५, कोलहुवा बगैया, मुगु जिल्लाको खत्याड गा.पा.–११, रातापानी, झापा जिल्लाको शिवसताक्षी न.पा.–१०, माईधारा ,झापा जिल्लाकै कन्काई न.पा.–०९, घौलाडुब्बामा थप ६ शाखा रहित बंैकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखा रहित बंैकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
देशका विभिन्न स्थानमा ६ शाखारहित बैंकिङ्ग सेवा थप भएसंगै बैंकको शाखा रहित बैंकिङ सेवा १४८ पुगेको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित उतm शाखा रहित सेवा केन्द्रितबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भुक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउदै आएको छ ।
बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखाहरु लगायत १४८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३०८ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गर्नुका साथै, बंैकको देशभर १९८ वटा एटीएमहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्