×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकका एकैसाथ थप ६ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा, कहाँ-कहाँ पुग्यो सेवा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माछापुच्छ्रे बैंकका एकैसाथ थप ६ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा, कहाँ-कहाँ पुग्यो सेवा ?

Artha Sarokar

२७ मंसिर २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । माछापुच्छ्रे बैंकले एकैदिन देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवा १४१ पुगेको छ । बैंकले स्याङजा जिल्लाको पुतलिबजार न.पा.-१२, पेल्काचौर, कपिलबस्तु जिल्लाको शिवराज न.पा.-०१, शिवपुर, कपिलबस्तु जिल्लाकै बुद्धभूमि न.पा.-०९, बिजगौरी, कन्चनपुर बेलौरी न. पा.-०३, गोकुलपुर, दार्चुला जिल्लाको व्यास गा.पा.-०६, हुटी र जिल्ला कै मलिकार्जुन गा.पा.-०६, उकुमा थप ६ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भूक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउदै आएको छ ।
बैंकले १६० वटा शाखाहरु लगायत १४१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३०१ स्थानवाट ग्राहकमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गर्दै आएको छ । साथै, बैंकको देशभर २०० वटा एटीएमहरु मार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी