×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आउँदो आइतबारदेखि मनकामना केबुलकार सञ्चालनमा आउने, ५० प्रतिशत यात्रुलाई मात्रै सेवा दिइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आउँदो आइतबारदेखि मनकामना केबुलकार सञ्चालनमा आउने, ५० प्रतिशत यात्रुलाई मात्रै सेवा दिइने

Artha Sarokar

२५ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार आउँदो मंसिर २८ गते आइतबार देखि पुनः सञ्चालनमा आउने भएको छ । मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको स्थानीय तह सहितको सरोकारवालाको बैठकको निर्णय अनुसार मनकामना मन्दिर र बजार खोल्ने जानकारी भए पश्चात् मनकामना केबुलकार पनि एकै साथ सञ्चालनमा आउन लागेको हो । स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार Standard Operating Procedure (SOP) पालना गर्दै स्वास्थ्य सुरक्षाको कडा नियमहरु अपनाउंदै केबुलकार सेवा सञ्चालनमा आउन लागेको हो ।
जस अन्तर्गत केबुलकारको दुवै स्टेशनमा यात्रुहरुको ज्वरो मापन गरिने छ, १०० डिग्रीभन्दा भन्दा माथि ज्वरो भएका र रुघाखोकी लक्षण देखिएका यात्रुहरुलाई प्रवेश दिईने छैन । केबुलकार प्रवेश गर्दा अनिवार्य रुपमा माक्स लगाउनु पर्ने छ र हात सेनिटाईज गर्नु पर्नेछ । यात्रुले लाइनमा बस्दा अनिवार्य रुपमा भौतिक दुरी कायम गर्न लगाइएको चिन्ह अंकित घेरामा लामबद्ध भई बस्नु पर्नेछ । केबुलकार हाता भित्र प्रवेश गर्दा स्वचालित हेण्ड सेनिटाइजर वा साबुन पानीले हात धुनु पर्नेछ । स्टेशन हाता भित्र भिडभाड नगर्ने तथा पिकनिक र बनभोजलाई अस्थाई रुपमा बन्द गरिएको छ । केबुलकार सेवा क्षमताको ५० प्रतिशत (प्रति घण्टा ३३० जना) यात्रुलाई सेवा दिइने र तत्पश्चात् स्वतः प्रवेश बन्द गरिने हुँदा यात्रुहरुले सोही अनुसार आप्mनो यात्रा तय गर्नु पर्नेछ । बली दिने प्रयोजनको लागि पशुपन्छी ढुवानी गर्ने सेवा अस्थाई रुपमा बन्द गरिएको छ । संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगद रहित कारोबारको लागि ई–सेवा, फोन–पे आदि जस्ता सेवा प्रदायक कम्पनीसंग सम्झौता गरी सकेको हुँदा यात्रुले केबुलकारको टिकट डिजिटल माध्यमबाटै खरिद गर्न सक्ने छन् ।
त्यसैगरी आफ्नो जनशक्तिलाई फेस सिल्ड, माक्स लगायतको स्वास्थ्य सुरक्षाको समेत प्रबन्ध गरेको छ । केबुलकार सेवा सामान्यतया बिहान ९ बजे देखि सांझ ५ बजे सम्म मात्र सञ्चालनमा आउने छ । साथै, केबुलकार र परिसरलाई दैनिक रुपमा डिसइन्फेक्सन समेत गरिने छ । त्यसैगरी, मनकामना केबुलकारले तल्लो स्टेशनमा सञ्चालन गरेको रेष्टुरेष्ट पनि आगामी पौष ३ गते शुक्रबार देखि सञ्चालनमा आउने व्यहोरा समेत जानकारी गराउंदछौं । साथै माता मनकामना मन्दिर आउंदो मिति २०७७ मंसीर २८ गते आइतबार देखि नै खुल्ने जानकारी यस प्रा. लि. लाई मनकामना क्षेत्र विकास समितिले गराएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी