
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लि.ले नबनियुक्त कर्मचारीहरुलाई १ दिने अभिमुखीकरण तथा लघुबित्त तालिम सम्पन्न गरेको छ । नवनियुक्त कर्मचारीहरुलाई संस्था सम्बन्धी कार्य तथा नीति नियमको बारेमा जानकारी दिने, सिकाउने उद्देश्यले तालिम दिइएकोे थियो। तालिममा नवनियुक्त ३७ जना कर्मचारी सहभागी भएका थिए ।
एक दिने कार्यक्रमको समापन समारोहमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले नबनियुक्त कर्मचारीहरुलाई हौसला प्रदान गर्नुहुदै यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलतामा वृद्धि हुनुका साथै कर्मचारीले यस्ता तालिमबाट आफूले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयं एबम् संस्थाको दिगो विकासमा योगदान पुग्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी कर्मचारीहरुले सो तालिमबाट काम गर्ने हौसला मिलेको साथै सबैसंग परिचय गर्ने मौका मिलेको हुनाले तालिम निकै लाभदायक भएको बताएका थिए । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लामा १२० शाखा कार्यालय मार्फत १ लाख १८ हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पु¥याइ रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्