- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मेट लाइफ नेपालले आफ्नो ग्राहकहरुको प्रिमियम भुक्तानी गर्न अझ सजिलो होस् भनेर अनलाइन सेवाको विस्तार गरेको छ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको नयाँ व्यवस्था अन्तर्गत, मेटलाइफ नेपालका ग्राहकहरुले अब सुरक्षित अनलाइन भुक्तानी गेवे कनेक्ट आइपीएसमार्फत आफ्नो प्रिमियम भुक्तान गर्न सक्नेछन् ।
कनेक्ट आइपीएस सहित सबै अन्य प्रिमियम भुक्तान माध्यमहरू ग्राहकको सुविधाको लागि अझै उपलब्ध हुनेछ। ग्राहकहरूले प्रीमियम भुक्तानी सेक्सनमा मेटलाइफको वेबसाइट भ्रमण गरेर आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन।