×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंक र वान टु वाचबीच सम्झौता, लघु, साना तथा मझौला उद्यमीहरूलाई कर्जा दिइने !

LAXMI SUNRISE BANK
GLOBAL

नबिल बैंक र वान टु वाचबीच सम्झौता, लघु, साना तथा मझौला उद्यमीहरूलाई कर्जा दिइने !

१९ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नबिल बैंक र वान टु वाच, एक लगानी प्रबर्धन कम्पनीले संयुक्त रूपमा “कोभिड १९ एमएसएमई कोष नेपाल” अन्तर्गत लघु, साना तथा मझौला उद्यम (एमएसएमई) हरुलाई ब्याज मुक्त र धितो रहित कर्जा प्रदान गर्ने सम्झौता गरेको छ ।
यस रणनीतिक साझेदारीमा लघु, साना तथा मझौला उद्यमहरूलाई कोविड १९ बाट प्रभावित तर व्यवसायलाई निरन्तरता दिने क्षमता भएका व्यवसायलाई धितो रहित र ब्याजमुक्त छोटो अवधिको कर्जाले लाभान्वित भई कोविड १९को प्रभावबिरूद्ध लड्न तथा व्यवसायलाई निरन्तरता दिन मद्दत हुनेछ । त्यसै गरि यी व्यवसायहरु मध्येका छनोटमा परेका व्यवसायीहरुले आफ्नो व्यावसाय अनुकूल परामर्श पनि प्राप्त गर्नेछन् । 
पूर्व निर्धारित मापदण्डको आधारमा व्यवसाय सुचारु गर्ने सम्भाव्यताको मूल्यांकन गरिएको एमएसएमईहरूले नबिल बैंकबाट धितो रहित कर्जा प्राप्त गर्नेछन र ब्याज रकम अधिकतम १८ महिनासम्म कोषले भुक्तान गर्नेछ ।नबिल बैंकका डेपुटी सीईओ सुजित कुमार शाक्य र वान टु वाचका प्रबन्ध निर्देशक सुमन जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 
सो कार्यक्रममा नबिल बैंकका तर्फबाट प्रमुख एसएमई र लघुवित्त निरज बस्नेत डनिल र वान टु वाचका तर्फबाट कार्यक्रम प्रबन्धक सुब्रिना श्रेष्ठको उपस्थिति थियो । साझेदारीको बारेमा बोल्दै बैंकका सीईओ अनिल केशरी शाहले भने, “नबिल बैंक नेपालको एमएसएमई क्षेत्रलाई सहयोग गर्न, उनीहरूको व्यवसायलाई बढाउन र दीर्घकालीन स्थायित्व र समग्र आर्थिक बृद्धिका लागि मद्दत गर्न सदैब तयार छ । कोविड १९ प्रभावित व्यवसायलाई यस कठिन समयमा बा“च्नको लागि सहयोग पुर्याउन र निरन्तरता दिइ सक्षम हुन धितो रहित र ब्याजमुक्त कर्जा प्रदान गर्न यस प्रयासमा वन टु वाचको साथ सहकार्य गर्न धेरै उत्साहित छौं । नबिल बैंकले लघु, साना तथा मझौला उद्यमीहरूलाई वित्तीय पहु“च पु¥याउन सजिलो बनाउने सेवाहरू ल्याएर एमएसएमई क्षेत्रको प्रबर्धनमा सदैब केन्द्रित रहेको छ ।”
साथै, वान टु वाचका प्रबन्ध निर्देशक सुमन जोशीले भने, “हामी नबिल बैंकलाई पार्टनर बैंकहरूको सुचीमा राख्न पाउ“दा अत्यन्त खुशी छौं । केही हप्ता अघि यो कोषको थालनी भएदेखि हामीले नेपालका विविध क्षेत्र तथा विभिन्न भुगोलका एमएसएमईबाट धेरै उत्साहजनक प्रतिक्रिया प्राप्त गरेका छौ । नबिल बैंकको सहभागितामा एसएमईलाई यस कठिन समयमा अघि बढ्न र रोजगारी जोगाउन तथा सिर्जना गर्न अझ मद्दत गर्नेछ ।” लघु, साना तथा मझौला उद्यमहरूले कोषको लागि निम्न लिंकमा (https://rb.gy/8jqzxg) रहेको आवेदन फारम भरी कर्जा आवेदन गर्न सक्छन् ।
 बैंकले देशभर ११९ वटा शाखा कार्यालयहरु, १८५ एटीएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टको बृहत सञ्जाल मार्फत निरनतर गुणस्तरिय सेवा प्रवाह गरिरहेको छ भने वान टु वाच एक लगानी प्रबर्धन कम्पनी हो र यो नेपाल, नेदरल्याण्ड्स र म्यानमारमा अवस्थित छ । वान टु वाचले साना र मध्यम आकारको उच्च बृद्धि तथा उच्च प्रभाव भएका कम्पनीहरूस“ग काम गर्दछन । उनीहरू आफ्नो लगानी ब्यवस्थापन विशेषज्ञता प्रयोग गरी उद्यमीहरूलाई सहयोग पुर्याउन र स्थानीय जनताका लागि रोजगारी सिर्जना गरिरहेका छन् । वान टु वाचको समुदायले ४० भन्दा बढी स्थानीय सल्लाहकार, २०ं भन्दा बढी अन्तर्राष्ट्रिय सल्लाहकार, १३ उद्योग विशेषज्ञ, ४० माथि लगानीकर्ता र ८ संस्थागत साझेदार समावेश गर्दछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी