Skip to content
LAXMI SUNRISE BANK

एनसीसी बैंकको वार्षिक साधारणसभा माघ ९ गते हुने, लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेस गरिने ! (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको वार्षिक साधारणसभा माघ ९ गते हुने भएको छ । बैंकले सभा केन्द्रीय कार्यालय बागबजारमा बिहान १० बजे बोलाएको हो । बैंकले सभामा १०.२७% बोनस सेयर र कर तिर्न ०.५४% नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश गर्ने भएको छ ।
यस्तै बोनस सेयर वितरणपछि सेयर संरचना परिवर्तन हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । सभाका लागि बैंकले पुस २१ गते बुक क्लोज गर्ने भएकाले पुस २० गतेसम्म कायम सेयरधनीले सो लाभांश पाउनेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK