×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकसहित ८ संस्थाको बोनस सेयरमा मूल्य समायोजन, कसको कतिमा खुल्यो कारोबार ? (विस्तृत विवरणसहित)

PRIME CA

नेपाल बैंकसहित ८ संस्थाको बोनस सेयरमा मूल्य समायोजन, कसको कतिमा खुल्यो कारोबार ? (विस्तृत विवरणसहित)

१६ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज नेपाल बैंकसहित ८ संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । मूल्य समायोजन हुने संस्थाहरुमा नेपाल बैंक, एनएमबि बैंक, सेन्चुरी कमर्सियल बैंक, कामना सेवा विकास बैंक, शाइन रेसुँगा डेभलपमेन्ट बैंक, साना किसान लघुवित्त, साधना लघुवित्त र वरुण हाइड्रोपावर छन् ।  खुल्यो 
 
नेपाल बैंक  
नेप्सेले नेपाल बैंकको १२% बोनस सेयरमा मूल्य समायोजनपछि भाउ प्रतिकित्ता ३३१ रुपैयाँ कायम गरेको छ । बिहीबार नेपाल बैंकको सेयर कारोबार सोही मूल्यलाई आधार मानेर खुलेको छ । 
एनएमबि बैंक
एनएमबि बैंकको पनि १३% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयरपछि एनएमबिको सेयर भाउ प्रतिकित्ता ३७८ रुपैयाँ कायम भएको छ । बिहीबार सोही मूल्यलाई आधार मानेर यसको कारोबार खुलेको छ । 
सेन्चुरी बैंक
यस बैंकको ५.२५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि प्रतिकित्ता भाउ १९९ रुपैयाँ तोकिएको छ । बिहीबार यही मूल्यलाई आधार मानेर सेन्चुरीको सेयर कारोबार खुला भएको छ ।  
कामना सेवा विकास बैंक
यस बैंकको ४.४०% बोनस सेयरमा मूल्य समायोजनपछि प्रतिकित्ता भाउ २१६ रुपैयाँ तोकिएको छ । बिहीबार यही मूल्यलाई आधार मानेर कामना सेवाको सेयर कारोबार खुला भएको छ । नेप्सेले बुधबार अन्तिम कारोबार मूल्य २२५ रुपैयाँका आधारमा यसको मूल्य समायोजन गरेको हो । 
शाइन रेसुँगा डेभलपमेन्ट बैंक
शाइन रेसुँगा डेभलपमेन्ट बैंकको १३% बोनस सेयरमा पनि मूल्य समायोजन गरिएको छ । समायोजनपछि यसको प्रतिकित्ता भाउ २३५ रुपैयाँ तोकिएको छ । बिहीबार यही मूल्यलाई आधार मानेर सेयर कारोबार खुला भएको छ । 
साना किसान लघुवित्त
यस संस्थाको २५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि प्रतिकित्ता भाउ १४ सय १५ रुपैयाँ कायम भएको छ । बिहीबार यही मूल्यलाई आधार मानेर सेयर कारोबार खुला भएको छ । 
साधना लघुवित्त
यस्तै साधना लघुवित्तको १८% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समयोजानपछि प्रतिकित्ता भाउ १ हजार ३८ रुपैयाँ तोकिएको छ । बिहीबार यही मूल्यलाई आधार मानेर साधनाको सेयर कारोबार खुला भएको छ ।
वरुण हाइड्रोपावर
वरुण हाइड्रोपावरको ५% बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ । समायोजनपछि यसको प्रतिकित्ता भाउ १७१ रुपैयाँ तोकिएको छ । बिहीबार यही मूल्यलाई आधार मानेर सेयर कारोबार खुला भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: