- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल बैंकबाट कर्मचारी सञ्चय कोषका ऋणिहरुले लिएको कर्जाको साँवा, ब्याज तथा किस्ता रकम तिर्न सकिने भएको छ । बैंकले बुधबारबाट लागु हुने गरी साे सेवा सुरु गरेकाे हाे ।
नेपाल बैंकका देशभरका सम्पूर्ण २०३ शाखा तथा ३८ वटा एक्स्टेन्सन काउण्टरबाट यो सुविधा लिन सकिने बैंकले जनाएकाे छ । बैंक मार्फत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले मासिक सञ्चित रकम जम्मा गर्दै आईरहेकोमा अव उप्रान्त कर्जा भुक्तानीको सुविधा समेत उपलब्ध गराईएको बैंकले जनाएकाे छ ।