×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंकको २०औं एक्सटेन्सन काउन्टर ललितपुरको मंगलबजारमा, सीइओ पाण्डेद्वारा उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल इन्भेष्टमेन्ट बैंकको २०औं एक्सटेन्सन काउन्टर ललितपुरको मंगलबजारमा, सीइओ पाण्डेद्वारा उद्घाटन

Artha Sarokar

१३ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । नेपालका ‘क’ वर्गका वाणिज्य बैंकहरुमध्ये अग्रणी नेपाल इन्भेष्टमेन्ट बैंकले ललितपुरको मंगलबजारमा आफ्नो २०औं एक्सटेन्सन काउन्टरमार्फत आफ्नो सेवा सञ्चालनलाई विस्तार गरेको छ । एक्सटेन्सन काउन्टरको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उद्घाटन गरे ।
नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना ८३ शाखाहरु, १२६ एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टरहमार्फत् ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । 
पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी