×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंक र नेपाल क्लियरीङ्ग हाउसबीच सम्झौता, कर्पोरेट पेको सुरुवात गरिने

PRIME CA
GLOBAL IME BANK

एनएमबि बैंक र नेपाल क्लियरीङ्ग हाउसबीच सम्झौता, कर्पोरेट पेको सुरुवात गरिने

१२ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएमबी बैंकले कर्पोरेट हाउसहरुको भुक्तानी प्रणाली सहजताको लागी कर्पोरेट पे ल्याउन नेपाल क्लियरीङ्ग हाउस (एनसीएचएल) सँग सम्झौता पत्रमा हस्ताक्षर गरेकोे छ । कर्पोरेट पेको प्रयोगले फण्ड ट्रान्सफर, बल्क पेमेन्ट, ब्याच पोष्टिङ्ग, तलव भुक्तानी, सरकारी कर भुक्तानीमा सहजता प्रदान गर्ने बताईएको छ ।
समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र नेपाल क्लियरीङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । एनएमबि बैंकले नेपालमा डिजिटल बैंकिङ्गको परिदृष्य बदल्दै डिजिटल प्लेटफर्महरुबाट ग्राहक अनुभव अभिबृद्धि गर्ने सेवाहरुमा द्रुत गतिमा प्रगति हासिल गरिरहेको छ ।
हालको प्रतिकुल परिस्थिति र अपनाउनु पर्ने सुरक्षा उपायहरूको माझमा गरिएको यो सम्झौता भौतिक दूरी कायम गर्न मद्दत पुर्याउन एनएमबि बैंकले लागु गरिरहेको धेरै परियोजनाहरु मध्ये एक हो । यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनको तर्फ केन्द्रित रही नगद सहितबाट नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: