- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु बैंकको लाभांश पाउन सेयरधनी बन्ने आज अन्तिम रहेको छ । बैंकले कुल १०.५२% लाभांश वितरण गर्ने भएको छ । सभाका लागि बैंकले पुस १० गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जसअनुसार आजसम्म बैंकको सेयर किन्नेहरुले सो लाभांश पाउनेछन् ।
बैंकको १९औं वार्षिक साधारणसभा पुस २६ गते हुने भएको छ । बैंकले सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका एजेन्डामाथि छलफल गर्नेछ ।