
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स स्थापनाको तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । २०७४ मंसिर २८ गतेदेखि जीवन बीमा व्यवसाय शुरुवात गरेको यो कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरममा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरुमा सहभागी हुने कार्यलाई निरन्तरता दिंदै आएको छ ।
आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई स्यानिटाइजर, मास्क र साबुन सहितको स्वास्थ्य सुरक्षा सम्बन्धी सामाग्रीहरु उपलब्ध गराएको छ ।
२०७७ मंसिर २८ गतेका दिन महानगरीय ट्राफिक प्रहरी महाशाखामा आयोजित एक समारोहमा प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले उक्त सामाग्रीहरु ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराईलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रभु लाइफ इन्स्योरेन्सका वरिष्ठ अधिकृतहरु एवम् उक्त महाशाखाका ट्राफिक प्रहरी पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
यसैगरी उक्त कम्पनीका प्रदेशस्थित कार्यालयहरुबाट पनि रक्तदान लगायतका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरु संचालन गरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्