×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रिमियर इन्स्योरेन्सले आजदेखि सीआइटीको ५० हजार कित्ता सेयर लिलामीमा ल्यायो, कहाँबाट भर्ने आवेदन ?

GLOBAL IME BANK
SHREE KESH

प्रिमियर इन्स्योरेन्सले आजदेखि सीआइटीको ५० हजार कित्ता सेयर लिलामीमा ल्यायो, कहाँबाट भर्ने आवेदन ?

२५ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रिमियर इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको छ । संस्थाले नागरिक लगानी कोष (सीआइटी) को संस्थापक सेयर आजबाट बिक्रीमा ल्याएको हो । यसमा न्यूनतम १९ सय रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ । 
यसमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौं र प्रिमियर इन्सुरेन्सको केन्द्रीय कार्यालय नक्साल काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ । लगानीकर्ताले उक्त सेयरका लागि न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी भाउ अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा पुस २ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: