×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेद्वारा हिमालयन बैंकसहित ४ संस्थाको सेयर मूल्य समायोजन, कसको कतिमा खुल्यो कारोबार ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेप्सेद्वारा हिमालयन बैंकसहित ४ संस्थाको सेयर मूल्य समायोजन, कसको कतिमा खुल्यो कारोबार ? (विवरणसहित)

Artha Sarokar

१४ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । हिमालयन बैंकसहित ४ संस्थाको सेयर मूल्य समायोजन भएको छ । हिमालयन बैंक, लुम्बिनी विकास बैंक,  मितेरी डेभलपमेन्ट बैंक र एनएमबि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो ।  
हिमालयन बैंक 
 नेप्सेले बैंकको १४% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ ५६१ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर मंगलबार यसको सेयर कारोबार खुलेको छ । नेप्सेले सोमबार अन्तिम कारोबार मूल्य ६३९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । 
लुम्बिनी विकास बैंक
लुम्बिनी विकास बैंकको ७% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि प्रतिकित्ता यसको भाउ २०४ रुपैयाँ तोकिएको छ । मंगलबार यही मूल्यलाई आधार मानेर सेयर कारोबार खुला भएको छ । नेप्सेले सोमबार अन्तिम कारोबार मूल्य २१८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । 
मितेरी डेभलपमेन्ट बैंक 
मितेरी डेभलपमेन्ट बैंकको १५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि प्रतिकित्ता यसको भाउ ३३७ रुपैयाँ तोकिएको छ । मंगलबार यही मूल्यलाई आधार मानेर सेयर कारोबार खुला भएको छ । नेप्सेले सोमबार अन्तिम कारोबार मूल्य ३३७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । 
एनएमबि लघुवित्त वित्तीय संस्था
एनएमबि लघुवित्त वित्तीय संस्थाको १९% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि प्रतिकित्ता यसको भाउ ९८४ रुपैयाँ तोकिएको छ । मंगलबार यही मूल्यलाई आधार मानेर सेयर कारोबार खुला भएको छ । नेप्सेले सोमबार अन्तिम कारोबार मूल्य ११ सय ७१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी