×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकले ल्यायो क्यूआर कोड सेवा, अब नगद बिनै सफा टेम्पोको भाडा तिर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रभु बैंकले ल्यायो क्यूआर कोड सेवा, अब नगद बिनै सफा टेम्पोको भाडा तिर्न सकिने

Artha Sarokar

१२ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रभु बैंकले आफ्ना मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई काठमाडौं उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यूआर कोड मार्फत् भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्य बैंकका मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् ।
यो क्यू आर कोड सेवा प्रभु बैंक र आईडिया स्टुडियो नेपालको सहकार्यमा काठमाडौ उपत्यकामा महिला सवारी चालकहरुद्धारा सञ्चालन हुने सफा टेम्पोहरुमा उपलब्ध हुनेछ । महिला सवारी चालकद्धारा सञ्चालन हुने सफा टेम्पोहरुमा प्रभु बैंकको क्यू आर कोड राखिएको छ उक्त सफा टेम्पुमा यात्रा गर्ने यात्रुहरुले आफ्नो मोबाईलबाट क्यू आर कोड स्क्यान गरी सजिलै भाडा रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाईएको छ ।
प्रभु बैंकले सञ्चालनमा ल्याएको यो क्यू आर कोड सेवाबाट यात्रुहरुले भाडा भुक्तानी गर्नको लागि नगदै बोक्ने झन्झटबाट मुक्त हुनेछन् । यसबाट डिजिटल भुक्तानीमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी