Skip to content
LAXMI SUNRISE BANK

पाकिस्तानको लाहोरमा महाराजा रञ्‍जित सिंहको शालिक दोस्रो पटक तोडफोड

अर्थ सरोकार

नयाँ दिल्ली । पाकिस्तानको लाहोरमा महाराजा रञ्‍जित सिंहको शालिक दोस्रो पटक तोडफोड गरिएको छ । महाराजा सिंहको १८० औं स्मृति दिवसका अवसरमा सन् २०१९ माो जुनमा बनाइएको उक्त शालिक दोस्रो पटक तोडफोड गरिएको हो । 
पाकिस्तानी सञ्‍चारमध्यमहरुमा अनुसार १२ डिसेम्बरमा उक्त शालिक तोडफोड गरिएको हो । उक्त घटनामा संलग्‍न भएको भन्दै जिशन नाम गरेका एकजनालाई पाकिस्तान प्रहरीले नियन्त्रण गरेको छ । एक्सप्रेस ट्रिब्युनका अनुसार ती किशोर लाहोरस्थित हरबन्सपुराका स्थायी बासिन्दा हुन् ।
लाहोर प्राधिकरणको वाल्ड सिटीले पीटीआईलाई भन्यो, “त्यहाँ खटिएका सुरक्षा गार्डहरूले तोडफोड गर्ने पक्राउ गरेर प्रहरीलाई बुझाइएको छ । उक्त संदिग्धलाई पाकिस्तान दण्ड विधानको धारा २९५, २९५-ए, ४२७ अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।”
पाकिस्तानी पत्रिकार डनका अनुसार जीसनले प्रहरीलाई शालिक निर्माण गर्न नहुने प्रतिक्रिया दिएका छन् । ती किशोरले भने, “महाराजा सिंहको शासन कालमा मुस्लिममाथि अत्याचार गरेका थिए । त्यसकारण ती व्यक्तिको शालिक बनाइनु हुँदैन ।” 
शीख शासकविरूद्ध घृणाको प्रचार गर्ने स्वर्गीय खादिम हुसेन रिजवीबाट प्रभावित भएका छन् । पाकिस्तानमा अल्पसंख्यकहरुमाथि दमन गर्ने, हिन्दु, शिख र क्रिश्च‍ियनहरुका प्रार्थना स्थलहरु भत्काउने काम समेत गरिएको छ । तर, सरकारले भने यसविरुद्ध कुनै प्रतिक्रिया दिइएको छैन ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK