
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारबाट KFW बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित ‘Energy Efficiency Program Nepal’ को अनुदान सहयोग कार्यक्रम अन्र्तगत रकम हस्तान्तरण गरेको छ । बैंकले पशुपति आइरन एण्ड स्टील प्रा.लि.लाई एक करोड रुपैंया, बोटलर्स नेपाल लि.लाई ५२ लाख ९४ हजार रुपैंया, बागमती आयल इन्डष्ट्रिजलाई ४३ लाख ३५ हजार रुपैंया, हिमाल आइरन एण्ड स्टील प्रा.लि.लाई सात लाख ३४ हजार रुपैंया र इस्ट एशियन प्लाष्टिक इन्डष्ट्रिज प्रा.लि.लाई दुई लाख ४० हजार रुपैंया रकम हस्तान्तरण गरेको छ ।
मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुंदा स्विकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक सोमबार एक समारोहका बिच हस्तान्तरण गरिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गरे । उनले हालसम्म १७ वटा उद्योगहरुलाई छ करोड ७४ लाख रुपैंया भन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए ।
नेपाल सरकार र जर्मन सरकार बिच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘Energy Efficiency Program Nepal’ आयोजना कार्यन्वयनको लागि Project Executing Agency (PEA) को रुपमा सहायता सम्बन्धि कार्य गर्ने गरेको छ । यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ । यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधि भित्र रही अधिकतम रु. १ करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।
उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकरी अधिकृतद्धय सरस्वती अधिकारी, देबेन्द्ररमण खनाल, विभागीय प्रमुख विनयरमण पौडेल, एडेल्फीका कन्सल्टैण्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका अधिकारीहरु क्रमशः पशुपति मुरारका, सौरभ थापा, विवेक राठी, जगदिश बैद्य, अनन्तकुमार मण्डला लगायत कर्मचारीहरुकोे उपस्थिति रहेको थियो । उपप्रबन्धक होमराज भट्टराईले कार्यक्रम संचालन गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्