×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स फाइनान्समा खाता खोल्दा दुर्घटना बीमासहित १८ प्रकारका घातक रोगको उपचार सुविधा पाइने !

LAXMI SUNRISE BANK
GLOBAL

रिलायन्स फाइनान्समा खाता खोल्दा दुर्घटना बीमासहित १८ प्रकारका घातक रोगको उपचार सुविधा पाइने !

१९ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रिलायन्स फाइनान्सले आफ्ना ग्राहकलाई दुर्घटना बीमा सहित १८ प्रकारका घातक रोगको आर्थिक सुरक्षा दिने भएको छ । फाइनान्सले ल्याएको “रिलायन्स स्वाबलम्बी बचत खाता” खोली कारोबार गरेका ग्राहकलाई उक्त सेवा सुविधा दिने भएको हो ।
संस्थाले सगरमाथा इन्स्योरेन्स कम्पनीको सहकार्यमा ३ लाख रुपैयाँसम्मको दुर्घटना बीमा तथा एक लाख रुपैयाँसम्मको १८ प्रकारका घातक रोगहरुको वीमा उपचार सुविधा उपलब्ध गराउने भएको हो । उक्त सम्झौता पत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा रिलायन्स फाईनान्सको तर्फबाट अनिल श्रेष्ठले हस्ताक्षर गरि संझौता पत्र एक अर्कालाई हस्तान्तरण गरेका हुन् ।
संस्थाले आफ्नो ११औं बार्षिक दिवसको अवसरमा विभिन्न सरकारी गैर सरकारी तथा निजि कम्पनीहरुमा कार्यरत कर्मचारीहरु लगायत सर्वसाधारणलाई लक्षित गरि उक्त खाता सञ्चालनमा ल्याएको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी