Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंकको सामाजिक कार्य : नेपाल स्काउट मध्यपुर थिमि स्थानीय परिषदलाई ज्याकेट हस्तान्तरण

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
भक्तपुर । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अंतर्गत प्रदेश ३ ,भक्तपुर स्थित नेपाल स्काउट मध्यपुर थिमि स्थानीय परिषदलाई ज्याकेट हस्तान्तरण गरेको छ । उक्त सहयोगले नेपाल स्काउट मध्यपुर थिमिका स्वयंम सेवकहरुलाई यस जाडो याममा आफ्नो दैनिक कार्य सम्पादनमा सहयोग पुग्नेछ । 
उक्त कार्यक्रममा बैंकको तर्फबाट सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख संचालन अधिकृत श्री अपूर्व प्रसाद जोशीज्यूले नेपाल स्काउट मध्यपुर थिमिका स्थानीय आयुक्त श्री हरि बहादुर श्रेष्ठज्यूलाई ज्याकेट हस्तान्त्तरण गर्नुु भयो । नेपाल स्काउट केन्द्रीय तदर्थ समितीका सदस्य श्री बिजेन्द्र ध्वजुज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा वडा न. ७ का वडा अध्यक्ष श्री कृष्ण कुमार प्रजापतिज्यु,स्थानीय परिषदका पदाधिकारी, स्काउट लिडर तथा स्काउट रोभर रेन्जरहरुको उपस्थिती रहेको थियो । 
यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९२ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउँदछौं ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK