×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकका ग्राहकले एनसेलको निःशुल्क सिम र इन्टर्नेट प्याकेज पाउने, भयो सम्झौता पत्रमा हस्ताक्षर !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानिमा बैंकका ग्राहकले एनसेलको निःशुल्क सिम र इन्टर्नेट प्याकेज पाउने, भयो सम्झौता पत्रमा हस्ताक्षर !

२९ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सानिमा बैंकका ग्राहकले एनसेलको निःशुल्क सिम र निःशुल्क इन्टरनेट प्याकेज पाउने भएका छन् । सो सम्बन्धि सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सानिमा बैंकको मोबाइल एप् (सानिमा सजिलो ई-बैंकिङ्ग) प्रयोगकर्ताहरुका लागि निःशुल्क सिम कार्डका साथै बैंकको मोबाइल एप् प्रयोग गर्न निःशुल्क इन्टर्नेट प्याकेज दिने सम्झौता भएको  ।
एनसेलको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र एनसेल आजियाटाका तर्फबाट प्रमुख कानून, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरे सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता पत्र अनुसार सानिमा बैंकमा खाता खोली बैंकको मोबाइल एप् (सानिमा सजिलो ई-बैंकिङ्ग) सेवा लिने बैंकका सेवाग्राहीहरुलाई करिब ३०० रुपैयाँ बराबरको डाटा तथा भ्वाइस सेवा सहितको निःशुल्क सिम कार्ड प्रदान गरिनेछ । साथै बैंकका ग्राहकहरुले मोबाइल एप प्रयोग गर्न प्रत्येक महिना थप २५० एमबी निःशुल्क इन्टर्नेट प्राप्त गर्नेछन् ।
सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । सानिमा बैंकले आप्mनो बचत खाताहरुमा बीमाको सुबिधाको साथै उच्चत्तम ब्याज दिंदै आइरहेको छ । सानिमा बैंकको सातै प्रदेशमा हाल ८५ वटा शाखा, १४ विस्तारित काउन्टर र ८२ वटा एटिएम सञ्चालनमा रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी