
- अर्थ सरोकार सम्बादाता
काठमाडौं । सानिमा बैंकको ऋणपत्र लगानीकर्ताहरुले आज बुधबारदेखि किन्न पाउने भएका छन् । बैंकले ४० लाख इकाई ऋणपत्र आजबाट बिक्रीमा ल्याएको हो । जसमा बैंकले २४ लाख इकाई ऋणपत्र आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ भने सामूहिक लगानी कोषलाई ५% अर्थात् ८० हजार इकाई छुट्याएको छ ।
यस्तै सर्वसाधारणले बाँकी १५ लाख २० हजार इकाईका लागि आवेदन दिन सक्नेछन् । यस ऋणपत्रमा बैंकले वार्षिक ८.५०% ब्याजदर दिने जनाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १६ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यो ऋणपत्रमा छिटोमा पुस ५ गतेसम्म आवेदन दिन सकिनेछ ।
बैंकले १० वर्ष अवधिको ‘८.५०% सानिमा डिबेन्चर २०८७’ नाममा ऋणपत्र जारी गरेको हो । बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एलएट’ रेटिङ दिएको छ । पुस ५ गतेसम्म प्रयाप्त आवेदन नपरेमा पुस १५ गतेसम्म भर्न सकिने बैंकले जनाएको छ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्