×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकद्वारा दीर्घायु बचत योजना अन्तर्गतको ४७ लाख रुपैयाँकाे औषधी उपचार बीमा भुक्तानी

GLOBAL IME BANK

सानिमा बैंकद्वारा दीर्घायु बचत योजना अन्तर्गतको ४७ लाख रुपैयाँकाे औषधी उपचार बीमा भुक्तानी

२३ मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सानिमा बैंकले दीर्घायु बचत योजना अन्तर्गत बैंकका बचतकर्ता यादव श्रेष्ठलाई औषधी उपचार बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकको न्यूरोड शाखामा दीर्घायु बचत खाता खोलेका काठमाडौं निवासी यादव श्रेष्ठले ४७ लाख २३ हजारको औषधी उपचार बीमा भुक्तानी पाएका हुन् ।
सानिमा बैंकको प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईले सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै उक्त चेक यादव श्रेष्ठलाई हस्तान्तरण गरे । दीर्घायु बचत योजनामा ग्राहकहरुले वार्षिक ५ हजारको निः शुल्क स्वास्थ्य परीक्षण सुविधा, रु. ५ हजार सम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहित ५० हजार सम्मको औषधी उपचार बीमा (नेपाल र भारतमा गरिने उपचारमा), १० लाखको दुर्घटना बीमा र ३ लाखको ६ घातक रोगहरुको बीमा सुविधा पाउन सक्नेछन् ।
श्रेष्ठलाई सिद्धार्थ इन्स्योरेन्सको सहकार्यमा बीमा रकम भुक्तानी गरिएको हो । सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: