×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दक्षिण कोरियाबाट सजिललै नेपालमा रकम पठाउन सकिने गरी एनआईसी एशिया बैंक र sentbe रेमिटबीच रणनीतिक साझेदारी

PRIME CA
GLOBAL IME BANK

दक्षिण कोरियाबाट सजिललै नेपालमा रकम पठाउन सकिने गरी एनआईसी एशिया बैंक र sentbe रेमिटबीच रणनीतिक साझेदारी

३० मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । दक्षिण कोरियाबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूका खातामा रकम तुरुन्त पठाउन सकिने गरी एनआईसी एशिया बैंक र sentbe रेमिटबीच रणनीतिक साझेदारीको सुरुवात भएको छ । दक्षिण कोरियामा बस्दै आउनुभएका नेपाली महानुभावहरूले अब बिना झन्झट मोबाइल एवं कम्प्युटरको प्रयोगबाटै यस बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा अनलाइनमार्फत रकम जम्मा गर्न सक्नुहुनेछ । 
उक्त सुविधाका अलावा कोरियाबाट देशभर छरिएर रहेका यस बैंकका १० हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत आफुले इच्छाएको व्यक्तिलाई सहज रुपमा रकम पठाउन समेत सकिने व्यवस्था रहेको छ । कोरियामा बसोबास गरिरहनुभएका नेपाली महानुभावहरूले sentbe रेमिटको वेबसाइट sentbe.com तथा मोबाइल एपमार्फत कुनै पनि खाता तथा आफन्तका नाममा रकम पठाउन सक्नुहुनेछ ।  बैंकले मुलुकभर रहेका ३३३ शाखा कार्यालयहरू, ४७१ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: