×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार २२.७० अंकले घटेको नेप्से २०३२.५१ बिन्दुमा कायम, नेपाल पुनर्बीमा कम्पनीको सेयर सर्वाधिक कारोबार !

PRIME CA
GLOBAL IME BANK

बिहिबार २२.७० अंकले घटेको नेप्से २०३२.५१ बिन्दुमा कायम, नेपाल पुनर्बीमा कम्पनीको सेयर सर्वाधिक कारोबार !

२ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार पनि सेयर बजार घटेको छ । बुधबारको तुलनामा बजार २२.७० अंकले घटेर २०३२.५१ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस अवधिमा १९५ कम्पनीको १ करोड ४१ लाख १४ हजार ४६० कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ७६ करोड ९८ लाखमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यस कम्पनीको ८० करोड २५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल लाइफ इन्स्योरेन्स र नेपाल बैंकको भएको छ । आज १ समूहबाहेक सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै महुली सामुदायिक लघुवित्त र एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयरका लगानीकर्ताहरुले कमाएका छन् भने नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: